
नयाँ विकल्प,
बागलुङ – कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता भएका छन् । बागलुङ नगरपालिका ४ उपल्लाचौरबाट नदीमा पौडी खेल्न गएका १३ वर्षीय अभिषेक बिक र यमबहादुर पुन नदीले बगाएर बेपत्ता भएका हुन् ।
बिक र पुनसँगै १० वर्षीय प्रश्न बिक र १२ वर्षीय विसान पुन पौडी खेल्न गएकोमा दुई जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
बागलुङ नगरपालिका १ निरहेघाटमा बिहीबार दिउँसो पौडी खेल्न गएका चार जना मध्य प्रश्न बिक र विसान पुन सम्पर्कमा आएको र अन्य दुई जना सम्पर्कमा नभएको हवारीले जानकारी दिए ।
अहिले नदीमा पानीको वहावपनि बढी नै रहेकाले नदी किनारमा खोजतलास भइरहेको हवारीले जानकारी दिए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...