
नयाँ विकल्प,
काठमाडौं – अर्थ मन्त्री जनार्दन शर्माले आफ्नो निर्देशनमा मौद्रिक नीति ल्याउन नरोकिएको बताएका छन्।
काठमाडौंमा भएको कार्यक्रममा अर्थ मन्त्री शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोक्ने वा ढिलाइ गर्न निर्देशन दिने अधिकार आफूसँग नरहेको बताए ।
राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, नागरिकको अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले बताए ।
श्वेत पत्रको सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभइ आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर नागरिकलाई जानकारी दिन मात्र खोजिएको स्पष्ट गरे ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...