
नयाँ विकल्प ।
काठमाडौं । क्यानडाले एकसय जना नेपालीलाई अफगानिस्तानको राजधानी काबुलबाट उद्दार गरी नेपाल ल्याउने भएको छ।
काबूलस्थित क्यानडेली दूतावासमा कार्यरत ती ‘नेपालीलाई केही दिनमै काठमाडौंमा ल्याइने क्यानडेली संचारमाध्यमहरुले जनाएका छन्।
‘अहिले उनीहरुलाई काबुलबाट उद्दार गरि काठमाडौंं तिरर लगिदैछ’, द ग्लोब एन्ड मेलले जनाएको छ। क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडाे टुडोको भनाई उध्दृत गर्दै सो समाचार पत्रले गोर्खालीहरु क्यानडा सरकारको विशेष अध्यागमन कार्यक्रममा समावेश नभएको तथा अफगानी नागरिक पनि नभएकाले त्यहाँबाट उद्दार गरिएको जनाएको छ।
क्यानडाले गोर्खालीको उद्दारका लागि एक बेलायती नीजि सेक्युरिटी कम्पनीसँग मिलेर काम गरिरहेको पनि प्रधानमन्त्री ट्रुडाेले जनाएका छन्।
‘गोर्खालीले हामीलाई सहयोग गरेका छन्, यसकारण कम्पनीसँग मिलेर हामीले उद्दारको काम गरिरहेका छौं’ उनले भने।
क्यानडाले ती नेपालीलाई उद्दार गरि मंगलबार बिहान दुबईमा लगेर राखेको थियो। उद्दार गरिएका नेपालीले समेत क्यानडाले यसका लागि धन्यवाद दिएका छन्।
१५ वर्षदेखि गोर्खालीहरु विभिन्न सेक्युरिटी कम्पनीमार्फत क्यानडाको दूतावासमा काम गरिरहेका छन्। क्यानडाले केही कूटनीतिज्ञ बाहेक अन्य सबैलाई मंगलबारसम्म काबुलबाट उद्दार गरिसकेको छ।
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...
काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...