
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरेका छन् ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनका तफृबाट जापनपत्र बुझदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुमा गरेको मूल्यवृद्धि अत्याचार भएको बताएका हुन् ।
अध्यक्ष नेपालले जनजीविकाका सवालमा गठबन्धनको सरकार गम्भीर बन्नुपर्ने बताउँदै जनताको हितविपरीतका हरेक निर्णयहरु फिर्ता हुनुपर्ने अडान राखे । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग मन्त्रालयको जिम्मेवारी समालिरहदाँ पनि आयल निगमले जनताको ढाड सेक्न पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर नभएको आरोप नेता नेपालको छ ।
अध्यक्ष नेपालले ज्ञापनपत्र बुझ्दै सत्ता साझेदार दलहरूसँग छलफल गरि उचित निकासका लागि पहल गर्ने र यस्ता विषयमा सरकार गम्भीर हुने बताए ।
काठमाडौं : सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य, विश्वास र साझेदारी...