देशभर सत्ता गठबन्धनकाे चुनावी तालमेल तहसनहस – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

देशभर सत्ता गठबन्धनकाे चुनावी तालमेल तहसनहस

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत देशैभर सत्तारुढ गठबन्धनका दलहरुले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरे पनि उम्मेदवार मनोनयन दर्ता गर्दासम्म चुनावी तालमेल कायम गर्न असफल भएको छ ।

पाँच दलीय गठबन्धनले केन्द्रबाटै शीर्ष नेताहरुले निर्देशन दिंदै तल्लो तहसम्म तालमेलको निर्णय गरेका थिए ।

देशभरका विभिन्न जिल्लाहरुमा गठबन्धनका दलहरुबीचको अन्तरसंघर्ष चलिरहे पनि गठबन्धनका शीर्ष नेताहरुले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा केन्द्रबाटै सिट बाँडफाँड गर्दै उम्मेदवारसमेत टुंगो लगाएका थिए ।

आइतबार र सोमबार तोकिएको मनोनयन दर्तामा पहिलो दिन केही साना दलहरुले उम्मेदवारी दर्ता गरेपनि सोमबार ठूला राजनीतिक दलहरुले शक्ति प्रदर्शन गरेका थिए । चुनावी तालमेल गर्ने निर्देशन दिएपनि केन्द्रको निर्णय विपरित सोमबार उम्मेदवार मनोनयन गर्दा अधिकांश महानगर र उपमहानगरमा गठबन्धनका दलहरुभित्रबाटै बागी उम्मेदवारी परेका छन् ।

कतिपय ठाउँहरुमा केन्द्रले सत्ता गठबन्धनका दलहरु बाहेक अन्य दलहरुसंग तालमेल गर्न नपाइने निर्णय गरेपनि केन्द्रको निर्णय लत्याउँदै गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए । केही स्थानमा भने गठबन्धनभित्र पनि गठबन्धन बने ।

नेपाली काँग्रेसले सुरुदेखिनै भरतपुर महानगरपालिकामा प्रमुख काँग्रेसले पाउनु पर्ने माग राख्दै आएपनि सत्ता गठबन्धनले सहमति गर्दै नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली काँग्रेसले उपप्रमुख पद पाए । गठबन्धनले साझा उम्मेदवारको रुपमा प्रमुखमा माओवादीबाट रेणु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । यहाँ सुरुदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दर्ता गराए ।

त्यसैगरी पोखरा महानगर पनि काँग्रेसले पाउँनु पर्ने भन्दै असन्तुष्ट रहेका नेपाली काँग्रेसका नेताहरुले बागी उम्मेदवारी दर्ता गराए । पोखरा गठबन्धनको सहमति अनुसार नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । सोमबार गठबन्धनको सहमतिअनुसारनै प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराए ।

गठबन्धनका दलहरुबीच महानगर र उपमहानगरपालिकामा मात्रै होइन देशभरका पालिकाहरुमा पनि गुठ र उपगुठमा विभाजित भएका छन् । कही सहमति र कही गठबन्धन भित्रै गठबन्धन गरेर उम्मेदवारी दर्ता भए ।

सम्बन्धित समाचार

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०७९ बैशाख १३, १२: १५

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...

राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
  • २०७९ बैशाख १३, १२: १५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...

कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
  • २०७९ बैशाख १३, १२: १५

​​​​​​​ काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ । जिल्ला...