
नयाँ विकल्प,
काठमाडौं- नेपाली नागरिकता पहिलो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट पारित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए । नागरिकता विधेयकमाथिको छलफलका क्रममा संशोधनकर्ता सत्ता गठबन्धन दलका सांसदले संशोधन प्रस्ताव फिर्ता लिए भने प्रमुख प्रतिपक्षी दलका सांसद र एक स्वतन्त्र सांसदले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।
सांसद गोपीबहादुर अछामीले सबै पार्टीबीच सहमति भएको र राष्ट्रका लागि आवश्यक परेको विषय भएको बताउँदै ८ जना सांसदले संयुक्त रुपमा राखेको संशोधन प्रस्ताव फिर्ता लिए ।
यस्तै सांसद खिमलाल देवकोटाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा आफ्नो फरक मत दर्ज गर्दै वैवाहिक अंगीकृत नागरिकताका लागि ५ वर्षको प्रावधान राख्नुपर्ने विषय फिर्ता लिएनन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...