
नयाँ विकल्प,
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामिना, नियमका कर्मचारीमाथि दुर्व्यवहार लगायतका आरोपमा आफू बिरुद्ध जाँचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् ।
अध्यक्ष अधिकारीबिरुद्ध ५२ वटा आरोपबारे छानविन गर्न मन्त्रीपरिषदले पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो ।
समितिका अध्यक्ष न्यौपानेले आफूलाई अध्यक्ष अधिकारीले आर्थिक प्रलोभन दिनुका साथै पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत छानविन प्रतिवेदन रोक्न बारम्बार दवाब समेत दिएको मन्त्रालय स्रोतले बताएको छ ।
पर्यटन सचिव न्यौपानेको समितिले तयार पारेको प्रतिवेदनमा ५० अर्ब ऋणमा डुबेको निगमलाई नेतृत्व गर्न अधिकारी चुकेको र अधिकारी स्वयम् पनि आर्थिक र नैतिक रुपमा समेत बारम्बार चुकेका ब्यक्ति हुन् ।
सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने व्यवसायिक चरित्र र पद अनुकुल आचरण नहरेको प्रतिवेदनमा उल्लेख भएको स्रोतको दावी छ ।
पर्यटन सचिव न्यौपानेको समितिले २९ दिन लगाएर तयार पारेको प्रतिवेदन पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ ।
सचिव न्यौपानेको समितिलाई १० वटा बिषयमा छानविन गर्न भनेर मन्त्रालयकै सहसचिव बाबुराम सुवेदी र बिमानस्थल महाप्रबन्धक प्रेमनाथ ठाकुरसहितको समिति गठन भएको थियो ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...