बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच आगामी चुनावी तालमेल बारे छलफल – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच आगामी चुनावी तालमेल बारे छलफल

नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूबीच भेटवार्ता भएको छ । आइतबार साँझ आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक हुनुभएको नेता महतोले जानकारी दिए ।

पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको उनको भनाइ छ ।

भेटमाा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागी थियो ।

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २२, २०: ३१

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण २२, २०: ३१

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण २२, २०: ३१

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...