विश्व प्रकाशद्वारा मतदातालाई दिए धन्यवाद ज्ञापन ! – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

विश्व प्रकाशद्वारा मतदातालाई दिए धन्यवाद ज्ञापन !

झापा । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले कांग्रेस ‘फुटबल हारेको टिम’ बन्न नहुने बताएका छन् । शर्मा प्रतिनिधिसभा सदस्यका लागि झापा १ मा उम्मेदवार थिए । तर, वाम गठबन्धनका राम कार्की पार्थसँग झण्डै २८ सय मतले पराजित भएका छन् । आफ्ना मतदातालाई आभार दिन आयोजित कार्यक्रममा कांग्रेस नेता शर्माले आफूहरुलाई मत दिने सबैलाई धन्यवाद दिए ।
अरु क्षेत्रमा कांग्रेस उम्मेदवार भारी मतान्तरले हार्दा आफूहरु २८ सय मतले पछि परेको भन्दै उनले भने, ‘मन त जितियो तर, मत जित्न सकिँन । तर, मैले गुनासो गर्न ठाउँ छैन ।’
उनले आगामी दिनमा मन र मत दिने गरी काम गर्ने बाचा गरेका छन् । चुनाव हारेपछि धेरैले कांग्रेस घाटमा पुगेको टिप्पणी गरेको भन्दै शर्माले असन्तुष्टि जनाए ।
फुटबल हारेको टिमले जस्तो हारको दोष एकले अर्कालाई लगाउन नहुने भन्दै उनले भने, ‘कांग्रेस घाटमा होइन, अस्पतालमा छ । सही डाइगोनोसिस भयो भने ठीक हुन्छ ।’

नेतृत्वको आलोचना वा रक्षा मात्र गरेर कांग्रेस बन्न नसक्ने भन्दै उनले तीन बाटो देखाए । आफैंबाट बदलिने, सही डाइगोनोसिस र नविन सोच चाहिने उनले बताए ।

नेता शर्माले चुनावमा घात अन्तरघात भएको सुनेको भन्दै यति कसैले गरेको भए आफैं विदा दिन आग्रह गरे । अब हरेक बैठक सही समयमा हुने भन्दै उनले असन्तुष्टि भए कार्यालयमा आएर राख्न नेता कार्यकर्तालाई आग्रह गरे । तर, चौतारीमा बसेर आलोचना नगर्न आग्रह गर्दै नेता विश्वप्रकाशले भने, ‘कांग्रेस कुनै माछा बजार होइन ।’

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७४ मंसिर २६, १०: ४०

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७४ मंसिर २६, १०: ४०

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७४ मंसिर २६, १०: ४०

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...