१७ महिला प्रदेशसभामा निर्वाचित – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

१७ महिला प्रदेशसभामा निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल र पद्माकुमारी अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । प्रदेश १, ४ र ५ मा दुईदुई जना, २ र ३ मा पाँचपाच र ७ मा एक महिला निर्वाचित भएका हुन् । दलीय हिसावमा हेर्दा प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित महिलामा कांग्रेस छैन ।

प्रतिनिधिसभामा माओवादीबाट तीन र एमालेबाट दुई महिला चुनिँदा प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपाबाट २ महिला प्रत्यक्ष जितेका छन् ।
सात वटै प्रदेशमा गरेका प्रदेशसभामा ३३० प्रत्यक्ष सिट छन्, जसमा एमालेले १६८, माओवादीले ७३, कांग्रेसले ४१, संघीय समाजवादी फोरमले २४, राष्ट्रिय जनता पार्टीले १६ सिट जितेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार तीन क्षेत्रमा विजयी हुँदा नयाँ शक्ति पार्टी र र राष्ट्रिय जनमोर्चाले २र२ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ । ३३० प्रदेशसभाका सदस्यको निर्वाचन हुँदा सबैभन्दा बरिष्ठता नेतृ अष्टलक्ष्मी शाक्य परेकी छन् ।

एमाले उपाध्यक्ष शाक्य प्रदेश नम्बर ३ को भावी मुख्यमन्त्री समेत हुन् । उनलाई मुख्यमन्त्री बन्ने गरि प्रदेशमा पठाइएको एमाले स्रोतले जनाएको छ ।
सम्भवतः ७ प्रदेशमध्ये मुख्यमन्त्री बन्ने महिला अष्टलक्ष्मी मात्र हुन् । त्यस्तै एमालेकी नरदेवी पुन यसअघि राज्यमन्त्री भइसकेकी महिला नेतृ हुन् भने माओवादीकी आशा कोइराला हाल विनाविभागीय मन्त्री छन् ।

राजपाका रानी शर्मा तिवारी र सुरिताकुमारी साह पनि बरिष्ठ महिला नेतृ हुन् । सुरिता पूर्व सञ्चार सहायकमन्त्री हुन् भने रानी पार्टीको उपाध्यक्ष भइसकेको नेतृ हुन् ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ मंसिर २७, १०: १९

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ मंसिर २७, १०: १९

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७४ मंसिर २७, १०: १९

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...