१७ महिला प्रदेशसभामा निर्वाचित – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

१७ महिला प्रदेशसभामा निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल र पद्माकुमारी अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । प्रदेश १, ४ र ५ मा दुईदुई जना, २ र ३ मा पाँचपाच र ७ मा एक महिला निर्वाचित भएका हुन् । दलीय हिसावमा हेर्दा प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित महिलामा कांग्रेस छैन ।

प्रतिनिधिसभामा माओवादीबाट तीन र एमालेबाट दुई महिला चुनिँदा प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपाबाट २ महिला प्रत्यक्ष जितेका छन् ।
सात वटै प्रदेशमा गरेका प्रदेशसभामा ३३० प्रत्यक्ष सिट छन्, जसमा एमालेले १६८, माओवादीले ७३, कांग्रेसले ४१, संघीय समाजवादी फोरमले २४, राष्ट्रिय जनता पार्टीले १६ सिट जितेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार तीन क्षेत्रमा विजयी हुँदा नयाँ शक्ति पार्टी र र राष्ट्रिय जनमोर्चाले २र२ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ । ३३० प्रदेशसभाका सदस्यको निर्वाचन हुँदा सबैभन्दा बरिष्ठता नेतृ अष्टलक्ष्मी शाक्य परेकी छन् ।

एमाले उपाध्यक्ष शाक्य प्रदेश नम्बर ३ को भावी मुख्यमन्त्री समेत हुन् । उनलाई मुख्यमन्त्री बन्ने गरि प्रदेशमा पठाइएको एमाले स्रोतले जनाएको छ ।
सम्भवतः ७ प्रदेशमध्ये मुख्यमन्त्री बन्ने महिला अष्टलक्ष्मी मात्र हुन् । त्यस्तै एमालेकी नरदेवी पुन यसअघि राज्यमन्त्री भइसकेकी महिला नेतृ हुन् भने माओवादीकी आशा कोइराला हाल विनाविभागीय मन्त्री छन् ।

राजपाका रानी शर्मा तिवारी र सुरिताकुमारी साह पनि बरिष्ठ महिला नेतृ हुन् । सुरिता पूर्व सञ्चार सहायकमन्त्री हुन् भने रानी पार्टीको उपाध्यक्ष भइसकेको नेतृ हुन् ।

सम्बन्धित समाचार

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०७४ मंसिर २७, १०: १९

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
  • २०७४ मंसिर २७, १०: १९

काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...

यूएन महासभामा प्रधानमन्त्री शाह : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’
यूएन महासभामा प्रधानमन्त्री शाह : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’
  • २०७४ मंसिर २७, १०: १९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट सिर्जित मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व...