मधेश केन्द्रीत दलका मूख्य नेताहरु निर्वाचित – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

मधेश केन्द्रीत दलका मूख्य नेताहरु निर्वाचित

काठमाडौं । मधेशका मुद्दा सम्बोधन नभएको भन्दै संविधान निर्माणपछि पनि वर्षौसम्म आन्दोलनरत मधेशी केन्द्रीत दलका मुख्य नेता यस पटक सबै विजयी भएका छन् । विषेश गरी कांग्रेस, एमाले र सद्भावना पार्टीबाट असन्तुष्ट हुँदै मधेशमा क्षेत्रिय पार्टी खालेर राजनीतिमा सक्रिय नेताहरु पहाडी र मधेशी बीचको सम्बन्धमा निकै खलल पु¥याएका कारण यस भन्दा अगाडिको दोस्रो संविधान सभाको निर्वाचनमा महेन्द्र यादव बाहेक सबै पराजित भएका थिए ।

संविधान निर्माणपछि पनि संविधानमा एक मधेश, एक प्रदेश, मधेशीको आत्म सम्मान, मधेशी जनताको राज्यको सहज पहुँच हुनुपर्ने लगायतको माग उठाई संसदमा समेत उपस्थिति नभएका नेता पछिल्लो समयमा मधेश केन्द्रीत क्षेत्रिय पार्टीहरु मिलाएर राष्ट्रिय जनता पार्टी (राजपा) नामक पार्टी खडा गरे । त्यसपछि पनि कुरा नमिल्दा सबै पार्टीको अध्यक्षहरु मिलेर अध्यक्ष मण्डल बनाएर एक अर्काले उमेरदवारी दिएको स्थानमा मधेशी हस्तीहरुले अन्य आफ्ना नेताहरुलाई उम्मेदवारी नदिने रणनीति बनाएर निर्वाचनमा गएका कारण पनि निर्वाचन जित्न सफल भएका हुन् ।
स्थानीय निर्वाचनको पहिलो चरणसम्म पनि निर्वाचनमा भाग नलिने अडान राखेका मधेशी दलहरु कांगे्रसको विशेष आग्रह पश्चात दोस्रो चरणमा भाग लिएका थिए ।
स्थानिय निर्वाचनमा सबैभन्दा बढी उपेन्द्र यादवको संघीय फोरम नेपालले जित हासिल गरेको छ । मधेश केन्द्रीत दलहरुले लोकतान्त्रिक अध्यक्ष समेत रहेका वर्तमान उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादार कांग्रेसमा पुनः पार्टी समेत बिलिन गराइसकेका छन् । उनी पनि सुनसरीबाट निर्वाचित भइसकेका छन् ।
लामो समयसम्म मधेश केन्द्रीत क्षेत्रिय पार्टीबाट आप्mनो राजनीतिलाई अगाडि बढाईरहेका मधेशी दलको शिर्ष नेताहरुले कहि एमाले, कहि माओवादी, कही कांग्रेसका नेताहरुसँग प्रतिस्पर्धा गरेका थिए । जस अनुसार कांग्रेसका पुराना नेता तथा वर्तमान राजपाका महन्त ठाकुरले झण्डै तीन दोब्बरको अन्तरालबाट महोत्तरी ३ बाट एमालेका विजयकुमार चौधरीलाई हराउँदै विजयी भएका छन् । राजपाका अध्यक्ष मण्डलका अर्का नेता राजेन्द्र महतो धनुषा ३ बाट कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिलाई हराउँदै विजयी भए । निधि र महतोलाई एकै क्षेत्रबाट निर्वाचनमा भिड्न नदिन सिंगो कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत लाग्दा पनि राजेन्द्र महतोले नमानेका र मधेशी दलहरुसँग सहकार्य हुन नदिने आरोप लागेका नेता निधिलाई राजेन्द्र महतोले हराएर छाडे ।
यस्तै शरद सिंह भण्डारी महोत्तरी २ बाट विजयी भएको छन् । उनले कांग्रेस नेतृ किरण यादवलाई पराजित गरिदिएका छन् । किरण यादव पूर्व राष्ट्रपति रामवरण यादवको भतिजि भएको र यस भन्दा अगाडि उनी समानुपातिक सासंद रहेकी थिईन । त्यस्तै संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट विजयी प्राप्त गरेका छन् । राजकिशोर यादवले सिरहा ४ बाट विजयी भएका छन् । रौतहट १ बाट अनिल झाले विजय प्राप्त गरेका छन् । महेन्द्र यादव सर्लाही ५ बाट निर्वाचित भएका छन् । नयाँ संरचना अनुसार निर्वाचित भएर आएपछि अब बन्ने संघीय प्रदेश ससंद र प्रतिनिधि सभा संसदमा मधेशी दल केन्द्रीत नेताहरुको भूमिका कस्तो हुने त्यो भने समयले बताउला ।

सम्बन्धित समाचार

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७४ पुष ४, ०९: ०३

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ पुष ४, ०९: ०३

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७४ पुष ४, ०९: ०३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...