भत्ता खान सांसद बन्न खोजेको होइन : राजन के सी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

भत्ता खान सांसद बन्न खोजेको होइन : राजन के सी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्वर १० बाट प्रतिनिधिसभा सभा सदस्यमा उम्मेदवार भएका राजन केसीले आफू भत्ता खानको लागि मात्र सांसद बन्न नखोजेको बताएका छन् ।

आइतबार हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन बुधबार फर्पिङमा आयोजित आमसभालाई संवोधन गर्दै नेता केसीले काठमाडौं क्षेत्र नम्वर १० को बिकास र समृद्धिको लागि केही गरौं भनेर सांसद बन्न खोजेको बताएका हुन् ।

‘म संसद गएर भत्ता खानको लागि चुनाव लडेको होइन, यो ठाउँको बिकास र जनताको समृद्धिको लागि केही गरौं भनेर सांसद हुन खोजेको हो’, केसीले भने,‘स्थिर सरकार निर्माण गरी संविधानको रक्षा गर्न र ५ वर्ष भित्रमा २० लाख पर्यटन भित्र्याउने मेरो योजना छ।’
उनले आधुनिक कृषि क्रान्ति गर्न, बृहत्तर आर्थिक क्षेत्र विकास गर्न, वेरोजगार समस्या समाधान गर्न र काठमाडौं क्षेत्र नम्वर १० को बिकास गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

आफू यस क्षेत्रको जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि शुरु गरिएका यस क्षेत्रका विकास निर्माणका योजनालाई पूर्णता दिने, महिलाहरुको वृत्ति विकास गर्ने, बेरोजगार समस्या समाधान गर्ने बताए ।

२०७० सालको संविधान सभाको दोश्रो निर्वाचनमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई करिव दश हजार बढी मतान्तरले पराजित गरेर चर्चा कमाएका केसीले प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले गठन गरेको वाईडबडी बिमान खरिद घोटाला प्रकरण छानबिन उपसमितिको संयोजक हुँदा लोकप्रीयता कमाएका थिए ।

केसी संयोजक भएको संसदीय छानबिन समितिले वाईड बडी बिमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्न भनी सिफारिस सहित समितिमा पेश गरेको र समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबही प्रक्रिया बढाउन सिफारिस गरेको थियो ।
केसीले २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत तत्कालिन एमाले र माओबादी गठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुले पाएको मतलाई आधार मान्दा पनि केसी सजिलै चुनाव जित्न सक्ने आंकलन गर्न कठिन छैन् । यो क्षेत्रमा कांग्रेसको पक्षमा २४ हजार ६७५ मत खोको थियो भने एमालेको पक्षमा १९ हजार २८२ मत मात्र परेको थियो ।
यहाँ राप्रपाका उम्मेदवार बलराम थापाले एमालेका उम्मेदवार हिमेश केसीलाई समर्थन गरेका छन् । राप्रपाले गत स्थानीय तहको निर्वाचनमा यहाँ दुई हजार ४९६ मत मात्र पाएको थियो । एमाले र राप्रपाले गत स्थानीय तहको निर्वाचनमा पाएको मत जोड्दा पनि कांग्रेसको जति नपुग्ने देखिन्छ ।

सत्ता गठबन्धनमा आबद्ध रहेको माओबादी केन्द्रले भने अञ्जना विशंखेलाई उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा यहाँ माओबादीका उम्मेदवारहरुले जम्मा चार हजार ९४२ मत पाएका थिए ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ मंसिर १, १७: ५३

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ मंसिर १, १७: ५३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ मंसिर १, १७: ५३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...