काठमाडौंमा २ पटक हारेका योगेश ताप्लेजुङमा २०८ मतान्तरले विजयी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

काठमाडौंमा २ पटक हारेका योगेश ताप्लेजुङमा २०८ मतान्तरले विजयी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीलाई पराजित गरेका हुन् ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाथोकी​ले २१ हजार सात सय ३५ मत ल्याएका छन् । नेकपा एमाले फुटेर नेकपा माले हुँदा बामदेव गौतम नजिकका योगेस पछि झलनाथ खनाल र नेकपा निर्माण हुँदा माधवकुमार नेपालसँग निकट थिए ।

अनेरास्ववियूका पूर्वअध्यक्ष भट्टराई २०६४ र २०७० को संविधानसभा निर्वाचनमा दुई पटक काठमाडौं ७ बाट उम्मेदवार हुँदा पराजित भएका थिए । माधवकुमार नेपाल एमाले हुँदा उनी १० बुँदे प्रस्ताव सार्ने १० पदाधिकरीमध्ये एक थिए । एमालेमा १० बुँदे पक्षधर गोकर्ण विष्ट यसअघि नै गुल्मीबाट नेकपा एसकी रामकुमार झाँक्रीलाई पराजित गर्दै विजयी भइसकेका छन् ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ मंसिर ७, १६: ०५

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ मंसिर ७, १६: ०५

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ मंसिर ७, १६: ०५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...