
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्वर ६ बाट प्रतिनिधिसभा सदस्यमा प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका पूर्वमन्त्री लालबाबु पण्डितलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।
सत्ता गठबन्धन दलका साझा उम्मेदवार भएका डा. कोइरालाले १२ हजार २८४ सय मतान्तरले एमाले नेता पण्डितलाई पराजित गरेका हुन् । डा. कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा एमालेका उम्मेदवार पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका थिए ।
अघिल्लो संसदीय निर्वाचनमा सोही क्षेत्रबाट डा. कोइराला र पण्डितबी प्रतिष्पर्धा हुँदा कोइराला झिनो मतले पराजित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा मोरङबाटै उम्मेदवार हुँदा पराजित भएका डा. कोइराला सोही वर्ष भएको उपनिर्वाचनमा भने विजयी भएका थिए ।
कोइराला गत मंसिरमा भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा प्रतिष्पर्धा गरेर उपविजेता बनेका थिए । कोइराला परिवारका सदस्यमध्ये बीपी पुत्र डा. शशांक कोइराला पूर्वी नवलपरासी क्षेत्र नम्वर १ बाट विजयी भइसकेका छन् । कोइरालाले संसदीय निर्वाचनमा विजय हात पारेसँगै भावी सरकार निर्माणमा नेतृत्व लिने वा कसलाई नेतृत्व दिने भन्ने विषयमा निर्णय गर्नु पर्ने जिम्मेवारी छ ।
पार्टी भित्र संस्थापनइत्तर पक्षको नेतृत्व गरिरहेका डा. कोइरालालाई आफ्नै प्यानलबाट महामन्त्रीमा विजयी भएका गगनकुमार थापा र डा.शशांक कोइरालाले प्रधानमन्त्री पदको दाबी गर्दै गर्दा कोइरालाको मत कसको पक्षमा हुन सक्छ भनी यतिवेला कांग्रेसका नेता तथा कार्यकर्ता प्रतिक्षामा छन् ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...