
काठमाडौं । प्रतिनिधिसभा सभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेस पहिलो दलको रुपमा देखिएको छ । समानुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि प्रत्यक्षतर्फ भने एमालेले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट एउटा पनि प्रतिनिधित्व गर्न सकेन ।
प्रतिनिधि सभामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित हुने बागमति प्रदेशमा नेपाली कांग्रेसले १३ सिट जितेको छ भने एमालेले ४ सिटमा चित्त बुझाउनु परेको छ । प्रदेश नम्वर १ र मधेश प्रदेशमा एमालेले सबैभन्दा धेरै सिटमा विजय हासिल गरेको छ ।
बाजुरा, स्याङ्जा २ र दोलखामा भएका निर्वाचनको मतगणना सम्पन्न भइ नसकेकाले त्यहाँको परिणाम आएको छैन । एक सय ६५ मध्ये एक सय ६२ निर्वाचन क्षेत्रको मत परिणाम भने आइसकेको छ ।
कुन प्रदेशबाट संघमा कुन दलले कति सिट ल्याए ?
कांग्रेसले बागमति, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट अन्य दलको तुलनामा धेरै सांसदलाई निर्वाचित गराएको छ भने एमालेले प्रदेश नम्वर १ र मधेश प्रदेशमा पहिलो पार्टी बनेको छ । कर्णालीमा भने कांग्रेस र माओबादी दुवैले समान ४–४ सिटमा जीत हासिल गरेका छन् ।
प्रदेश १ का १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले एक्लैले १३ सिटमा जित हासिल गरेको छ भने त्यसपछि कांग्रेसले ९ सिटमा जीत निकालेको छ । यहाँ माआबादी केन्द्रका तीन जना, जनता समाजबादी पार्टी (जसपा), राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) र स्वतन्त्र गरी तीन तीन जना निर्वाचित भएका छन् ।
प्रदेश नम्वर १ बाट राष्ट्रिय पार्टीको हैसियत बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना उम्मेदवारले पनि जीत निकाल्न सकेनन् । यो प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजबादी)ले २ स्थानमा उम्मेदवारी दिए पनि एक सिट पनि जित्न सकेन् ।
एसको तर्फबाट इलाम क्षेत्र नम्वर १ मा उम्मेदवार भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भए ।
मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले प्रतिनिधि सभातर्फ अप्रत्यासित सिट जित्न सफल भएको छ । उसले यो प्रदेशबाट ९ जनालाई जिताउन सफल भएको छ भने नेपाली कांग्रेसले ७ र जनता समाजबादी पार्टी (जसपा)ले ६ वटा निर्वाचन क्षेत्रमा विजय हात पारेको छ ।
मधेश प्रदेशमा लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) र स्वातन्त्र उम्मेदवारहरुले समान ३ –३, नेकपा एसले २, माओबादी केन्द्र र जनमत पार्टीले समान १–१ सिटमा जित निकालेका छन् । संघीय संसदमा प्रत्यक्षतर्फ खसेको सदरमतको ३ प्रतिशत बढी मत पाएर राष्ट्रिय पार्टीको मान्यता पाउने आधार बनाइ सकेका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भने मधेश प्रदेशमा १ सिट पनि हात पार्न सकेनन् ।
बागमति प्रदेशमा पर्ने १२ जिल्लाका ३३ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले १३ स्थानमा जीत निकालेर ठूलो दलको हैसियत बनाएको छ । यो प्रदेशले संघीय संसदमा कांग्रेसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका ७ जना उम्मेदवारलाइ जिताएको छ । यो प्रदेशबाट माओबादी केन्द्र र एमालेले समाना ४–४ उम्मेदवारलाई जिताएका छन् भने राप्रपाले मकवानपुर १ र चितवन ३ बाट जित हासिल गरेको छ ।
बागमति प्रदेशबाट नेकपा एस र नेपाल मजदुर किसान पार्टीले समान १–१ सिटमा जीत हासिल गरेका छन् । यो प्रदेशको दोलखाको संघीय निर्वाचन क्षेत्रको मतगणना भने अझै शुरु भएको छैन् । त्यहाँका विभिन्न १० मतदान केन्द्रमा आज मतदान हुँदैछ ।
गण्डकी प्रदेशको ११ जिल्लाको १८ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसका ९ जना उम्मेदवार बिजयी भइसकेका छन् भने सत्ता गठबन्धन दल माओबादी केन्द्रले २ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित निकालेको छ । यो प्रदेशमा एमालेले भने ५ वटा निर्वाचन क्षेत्रमा जितेको छ । स्याङ्जा क्षेत्र नम्वर २ को मतगणना बुधबारदेखि मात्र भएकाले मत परिणाम आइ सकेको छैन ।
२६ वटा संघीय निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशले एमालेका ११ जना उम्मेदवारलाई जिताएको छ भने सत्ता गठबन्धनका चार दलबाट ११ जना उम्मेदवारलाई नै जिताएर पठाएको छ । लुम्बिनीमा कांग्रेसले ६, माओबादी केन्द्रले ३, नेकपा एस र लोसपाले समान १–१ निर्वाचन क्षेत्रमा जीत निकालेक छन् ।
लुम्बिनी प्रदेशमा राप्रपाले तीन जनालाई जिताएको छ भने स्वतन्त्रबाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीका पीता लालबीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका छन् । यो प्रदेशबाट जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कसैले पनि जीता हासिल गर्न सकेनन् ।
१० वटा जिल्लाका १२ निर्वाचन क्षेत्र पर्ने कर्णाली प्रदेशमा नेकपा एमालेका एक जना पनि उम्मेदवारले संघीय संसदमा जित निकाल्न सकेनन् । यहाँ सत्ता गठबन्धन दल कांग्रेस र माओबादी केन्द्रले समान ४–४ स्थानमा विजय हासिल गर्दा नेकपा (एस) ले ३ र राप्रपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रबाट जित निकालेका छन् । प्रदेश सभामा समेत यहाँ सत्ता गठबन्धनको दुई तिहाई बहुमत छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशको रुपमा चिनिएको सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा कांग्रेसले नै ठूलो दल भएको छ । यहाँ कांग्रेसले ७ सिटमा विजय हासिल गरेको छ भने नेकपा (एस) र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पाटीले समान ३–३ सिटमा विजय हासिल गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले २ सिटमा मात्रै विजय हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा भने बिबादका कारण ढिलो गरी मात्र मतगणना भएकाले मत परिणाम आइसकेको छैन् ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...