प्रचण्ड, पाैडेल र भट्टराइबीच सरकार गठनका विषयमा छलफल – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

प्रचण्ड, पाैडेल र भट्टराइबीच सरकार गठनका विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेट भएको छ ।

तीन शीर्ष नेताबीच भएको भेटमा मंसिर ४ मा भएको निर्वाचनमा गठबन्धन दलहरुले पाएको मत परिणाम र नयाँ सरकार गठनका विषयमा कुराकानी भएको थियो ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको सो भेटमा नेपाल समाजबादी पार्टीका अर्का नेता महेन्द्र राय यादव पनि सहभागी थिए ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको सम्पूर्ण मत परिणाम घोषणा गरी समानुपातिक तर्फको समेत मत गणना गरिसकेको छ । आयोगले भोली शनिबार भित्र चुनावमा भाग लिएर थ्रेस होल्ड कटाउने राजनीतिक दलहरुलाई बन्दसूचीमा रहेका उम्मेदवारहरुको सूची उपलब्ध गराउन आव्हान समेत गरिसकेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । नेपाल समाजबादी पार्टीका उम्मेदवारहरु प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ माओबादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्र हँसिया हथौडा लिएर प्रतिष्पर्धामा भाग लिएका थिए ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ मंसिर २३, १५: ४०

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ मंसिर २३, १५: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ मंसिर २३, १५: ४०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...