राप्रपाले पशुपति र बुद्धीमानलाई सांसदमा सिफारिस गर्दा प्रकाशचन्द्र छुटे – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

राप्रपाले पशुपति र बुद्धीमानलाई सांसदमा सिफारिस गर्दा प्रकाशचन्द्र छुटे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीबाट सांसदको लागि आफ्नो भागमा परेको ७ सिटमा सिफारिस गर्दा पुरुष कोटाबाट पार्टीका पूर्बअध्यक्ष पशुपति शम्शेर जबरा र पार्टीका उपाध्यक्ष बुद्धीमान तामाङलाई चयन गरेको छ ।

राप्रपाको शनिबार भएको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ मध्ये २ पुरुषमा खस आर्यबाट राणा र आदिवासी जनजातिबाट तामाङको नाम टुंगो लगाएको हो । राप्रपाले प्रतिनिधि सभामा प्रत्यक्षबाट ७ र समानुपातिक प्रणालीबाट ७ सिट पाएको थियो ।

पार्टी नेता डा. प्रकाशचन्द्र लोहनीलाई समेत समानुपातिक तर्फ सिफारिस गर्न दबाब आए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले समाबेसी बिरोधी सन्देश जाने भन्दै आदिवासी जनजाति वा मधेशी क्लस्टरको प्रतिनिधित्व हुनुपर्ने अडान लिएका थिए ।

राप्रपाले खस आर्य कोटाबाट जबरासहित रोशन कार्की र गीता बस्नेतलाई आदिबासी जनजाति कोटाबाट तामाङसहित बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपालीको नाम प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्नु पर्ने बाध्यता थियो ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ मंसिर २४, २२: ५८

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ मंसिर २४, २२: ५८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७९ मंसिर २४, २२: ५८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...