राष्ट्रपतिमा राजनैतिक पृष्ठभूमिकै व्यक्ति आउनुपर्छ : प्रथम राष्ट्रपति डा. यादव – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

राष्ट्रपतिमा राजनैतिक पृष्ठभूमिकै व्यक्ति आउनुपर्छ : प्रथम राष्ट्रपति डा. यादव

काठमाडौं – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्म र भावना बमोजिम मुलुकको राष्ट्रपति जस्तो व्यक्तिको चयन राजनीतिक पृष्ठभूमि भएकाबाट गरिनु पर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको दोश्रो वार्षिक साधारण सभाको शनिबार यहाँ उद्घाटनपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रथम राष्ट्रपति डा. यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । राजनीतिक दलका शीर्ष नेताहरुबीच राष्ट्रपतिको चयन गैरराजनीतिक व्यक्तिबाट गर्ने विषयमा आन्तरिक छलफल चलिरहँदा प्रथम राष्ट्रपति यादवको यस्तो प्रतिक्रिया आएको हो ।

प्रथम राष्ट्रपति यादवले पत्रकारिता क्षेत्रलाई सङ्कुचित बनाउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् । ‘जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ’, उनले भने, ‘यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ ।’

उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे ।

पूर्व राष्ट्रपति यादवले विश्व परिवेषलाई ध्यान दिनुपर्ने भन्दै ताइवानमा तीन लाख नेपाली छन् । त्यहाँको आन्दोलनमा के भइरहेको छ ? बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली छन् भन्दै त्यसतर्फ पत्रकार र पत्रकारका सङ्घ–सङ्गठनले केही बोल्ने बेला आएको तर्फ संकेत गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले वार्षिक साधारण सभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए । ‘पत्रकारिताभित्र श्रमको उचित मूल्याङ्कन हुनसकेको छैन । सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ’, उनले भने ।

महासङ्घका प्रतिष्ठान प्रदेशका महासचिव बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए ।

कार्यक्रममा प्रदेश परिषद् सदस्यमा मनोनित हुनुभएका कान्तिपुर दैनिकका अतुल मिश्र, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, ग्लोबल टेलिभिजनका प्रकाश गिरी, नागरिक दैनिकका पवित्रा सुनाल, नेपाल टेलिभिजनका टङ्क उप्रेती, रातोपाटी डटकमका रोहित दाहाल र नेपाल समाचारपत्रका दीपक रिजाल र कारोबार दैनिकका बालकृष्ण ज्ञवालीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमा पाँचवटा प्रतिष्ठान शाखालाई सम्मान गरिएको थियो ।

 

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष २, २०: १७

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ पुष २, २०: १७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ पुष २, २०: १७

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...