
काठमाडौं । संघीय संसदका नवनिर्वाचित सदस्यहरुको शनिबार भेला गरेको नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार नवनिर्वाचित संघीय संसदका सदस्यहरुबीच शुभाकामना आदान प्रदान कार्यक्रम राखेका थिए । शनिबार नै पार्टी सभपाति समेत रहेका प्रधानमन्त्री देउवाले मुख्य सचिव कृष्णप्रसाद पौडेललाई भनेर आइतबार दिउँसो ३ बजे बैठक बोलाउन भनेका थिए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको पार्टी कार्यालयका मुख्यसचिव पौडेलले जानकारी दिए ।
मंसिर ४ गतेको चुनावपछि बस्न लागेको कांग्रेसको दोस्रो कार्यसम्पादन समितिको बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसमा हालसम्म सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दावी गरेका छन् ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...