
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी महामन्त्री समेत रहेका गगनकुमार थापाले उम्मेदवारी दिने भएका छन् ।
महामन्त्री थापालाई संस्थापनइत्तर समूहका नेता डा. शेखर कोइरालाका् प्रस्ताव र उपसभपति धनराज गुरुङ र महामन्त्री शर्माको समर्थनमा उम्मेदवार बनाइएको हो ।
कोइराला र गुरुङ संस्थापनइत्तर समूहको भए पनि महामन्त्री शर्मा भने कतै खुलेका छैनन् । उनी पार्टी महाधिवेशनमा नेता प्रकशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए
काठमाडौं क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित थापाले निर्वाचनको समयमा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेका थिए । ८९ सदस्यीय कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हालसम्म बहुमत देखिन्छ । कतै नखुलेका कतिपय सांसदहरुको मत थापाले तान्ने दाबी गरेका छन् ।

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...