एमाले प्रदेश नं.१को संसदीय दलको नेतामा कार्की निर्वाचित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एमाले प्रदेश नं.१को संसदीय दलको नेतामा कार्की निर्वाचित

विराटनगर । नेकपा एमालेका नेता तथा झापा क्षेत्र नम्वर ५ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हिक्मतकुमार कार्की प्रदेश नम्वर १ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् ।

आाइतबार बसेको एमाले प्रदेश नम्वर १ को संसदीय दलको बैठकले कार्कीलाई दलको नेतामा सर्बसम्मतले चयन गरेको हो ।

प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध दलको नेतामा निर्वाचित भएका हुन् । कार्की अनेरास्वबीयूका पूर्वअध्यक्ष हुन् । उनी यसअघि २०७४ को प्रदेश सभा सखदस्यमा पनि सोही निर्वाचित क्षेत्रबाट निर्वाचित भइ प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष १०, १५: ४३

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ पुष १०, १५: ४३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०७९ पुष १०, १५: ४३

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...