झलनाथ र उपेन्द्रबीच पार्टी एकता कि बाम ध्रुवीकरणा भन्ने विषयमा छलफल – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

झलनाथ र उपेन्द्रबीच पार्टी एकता कि बाम ध्रुवीकरणा भन्ने विषयमा छलफल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार वर्तमान राजनीतिक घछटनाक्रमलाई लिएर छलफलभ एको छ ।
नेता खनाललाई भेट्न जसपा अध्यक्ष उपेन्द्र यादव खनालको निवास डल्लु गएका थिगए ।

‘हामीले अहिलेको घटनाक्रमबारे छलफल गर्यौं। यादवजीले अहिलेको त्रिशंकु संसदबारे चिन्ता जनाउनुभयो,’ नेकपा एसका सम्मानित नेता खनालले भने । ‘वाम एकता गरेर अघि बढ्नुपर्ने यादवजीको सुझाव थियो। उहाँले सत्ताका लागि भन्दा पनि स्थायित्वको लागि सहकार्य हुनुपर्छ भन्नुभयो।’

अहिलेको सत्ता गठबन्धनबारे भने कुनै छलफल नभएको खनालले बताए । भेटमा यादवले दुबै समाजवादी पार्टी एकतामा जोड दिएका थिए भने खनाललाई बाम ध्रुबीकरणको विषयलाई प्राथमिकता दिनु पर्ने धारणा राखेका थिए ।

चुनाव अगाडि नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा छलफल चलाएका अध्यक्ष यादवले चुनाव पछाडि पनि यो प्रयासलाई ठोस रुपमा अगाडि बढाउन चाहेका छन् ।

समाजवादी एकताको प्रस्ताव लिएर शुक्रबार अध्यक्ष यादवले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता केन्द्रित भएको एक नेताले बताए । नेताहरुका अनुसार खनाल निवासमा डेढ घण्टा बढी छलफल भएको थियो ।

समाजवादी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तयार रहे पनि सम्मानित नेता खनाल भने वाम ध्रुबीकरण र एकतामा जोड दिने नेताहरूमध्ये अगाडि देखिन्छन् ।

नेकपा एमाले र नेकपा एकीकृत समाजबदीका उच्च तहका नेताबीच वार्ता र छलफल हुन थगालेको चर्चा चलेसँगै पूर्वप्रधनमन्त्री खनाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको भेटघाट र छलफललाई निकै महत्वका साथ हेरिएको छ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १५, १६: २६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १५, १६: २६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष १५, १६: २६

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...