
बिराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता तथा झापा क्षेत्र नम्वर ५ क बाट निर्वाचित हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेता कार्कीलाई प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दोस्रो वरीयतामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका कार्की प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातमै प्रदेश १ का मुख्यमन्त्री बनेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
कार्कीलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जनाको समर्थन छ ।
को हुन् कार्की ?
२०२१ असोज ११ गते झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रूपमा जन्मिएका कार्कीको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन् ।
बाल्यकाल गौरादहमै बिताएका कार्कीले एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा गरेका हुन् । विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी महेन्द्र बहुमुखी क्याम्पसमा आइएलको पहिलो ब्याजको अध्ययन सकेर २०४३ मा उच्च शिक्षाका निम्ति नेपाल ल क्यापसमा अध्ययन गरेका हुन् ।
२०५५ सालमा अनेरास्ववीयूको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेका कार्की स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसको सभापति भएका थिए । उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ मा सम्पन्न नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भए ।
नेकपा कालमा नेकपाको केन्द्रीय सदस्य रहेका कार्की एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बने । अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इन्चार्जको भूमिकामा छन् । खासमा संघीयता र प्रदेश संरचनाको विरोधी छवि बनाउँदै आएका उनी प्रदेश सरकारमा गएर काम गर्न थालेपछि भने संघीयतालाई बलियो बनाउनु पर्ने पक्षमा उभिएका छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...