प्रधानमन्त्री प्रचण्डको पक्षमा २६८ र विपक्षमा २ मत – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
कांग्रेस प्रतिपक्षमा बस्ने तर सरकारकै पक्षमा मत प्रकट

प्रधानमन्त्री प्रचण्डको पक्षमा २६८ र विपक्षमा २ मत

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दुई तिहाई बढी अर्थात दुई सय ६८ सांसदको विश्वासको मत दिएका छन् ।

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८६, एमालेका ७८, माओबादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जसपाका १२, नेकपा एसका १०, जनमतका ६, लोपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र ३ जनाले प्रधानमन्त्री दाहालको पक्षमा मत दिएका थिए ,

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान बमोजिम सरकारलाई प्रतिनिधि सभाका बहुमत सदस्यको समर्थन छ भनी प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा सदनमा भएका दुई वटावाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदले अभिव्यक्ति दिएका थिए ।
संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेसले समेत प्रधानमन्त्री दाहालको पक्षमा मत हालेको थियो । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस प्रतिपक्षमा रहने बताए पनि प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको प्रस्तावको पक्षमा भने मत दिने बताएका थिए । सोही बमोजिम कांग्रेस संसदीय दलले सरकारको पक्षमा मत हाल्न कांग्रेसका सांसदलाई ह्वीप जारी गरेको थियो ।

नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले विपक्षमा मत दिएका थिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २६, १८: ४८

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २६, १८: ४८

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २६, १८: ४८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...