प्रदेश १ को सभामुखमा माओबादी केन्द्रका गौतमको मात्र उम्मेदवारी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रदेश १ को सभामुखमा माओबादी केन्द्रका गौतमको मात्र उम्मेदवारी

विराटनगर । प्रदेश १ को प्रदेश सभाको सभामुखका लागि माओवादीका प्रदेश सभा सदस्य बाबुराम गौतमले मात्र उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।

उनी ओखलढुंगा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट बिजयी भएका हुन् । एमालेका रेवतिरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक र राप्रपाका गोपालबहादुर विश्वकर्मा समर्थक रहेका छन् ।

कांग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेद्वबारी नदिने निर्णय गरेको काग्रेस प्रदेश १ संसदीय दलका नेता उद्वव थापाले बताए ।

प्रदेश १ को मुख्यमन्त्रीमा भने सत्ता गठबन्धन दलको सहमतिमा एमालेका पोलिटव्युरो सदस्य तथा झापा क्षेत्र नम्वर ५ क बाट निर्वाचित प्रदेश सभा सदस्य हिक्मतकुमार कार्की निर्वाचित भइसकेका छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २६, २२: ३०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २६, २२: ३०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २६, २२: ३०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...