
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरोटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय धु्रवराज चन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
लामिछानेलाई एक नावालिका बलात्कार गरेको अभियोगमा गत भदौ २० गते प्रहरीले पक्राउ गरी फौजदारी अभियोगमा मुद्धा दर्ता गरेको थियो ।
सन्दीपलाई २० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
सन्दीपलाई पीडित वालिकाले दिएको उजुरीका आधारमा मुद्धा दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंको आदेशमा उनी केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।
मुद्दाको अन्तिम टुंगो भने काठमाडौं जिल्ला अदालतबाटै लाग्नेछ । लामिछाने भोलि शुक्रवार मात्र रिहा हुने उनका कानून व्यवसायीले बताए ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...