प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत पाएका छन् ।

गत हप्ता मुख्यमन्त्रीम नियुक्त भएका कार्कीले शुक्रबार प्रदेश सभाका ९३ सदस्यमध्ये ५९ जनाको विश्वासको मत पाएका हुन् । प्रदेश १ मा नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ प्रदेश सभाका सदस्यले कार्कीको पक्षमा मत दिएका थिए ।

प्रदेश १ मा नेपाली कांग्रेसका २८ र एकीकृत समाजवादीका चार गरी ३२ प्रदेश सभा सदस्यले भने मुख्यमन्त्री कार्कीको विश्वासको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । यसअघि माओवादी केन्द्रबाट सभामुख पदमा निर्वाचित भएका बाबुराम गौतमले भने कतै पनि मत हालेनन् ।

मुख्यमन्त्री कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिनु अघि माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गा चापागाई तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई प्रदेश मन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विना विभागीय नै राखेका छन् ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाका झापाका भक्तिप्रसाद सिटौला र जसपाका ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएर प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि शुन्यसहनशिलताको नीति लिने र मन्त्रालयको सङ्ख्या घटाएर ९ वटा बनाउने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २९, १७: ५८

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २९, १७: ५८

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २९, १७: ५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...