सत्ता गठबन्धनका शीर्ष नेताले टुंग्याए मन्त्रालयको भागबण्डा, मंगलबार मन्त्रीको सपथ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सत्ता गठबन्धनका शीर्ष नेताले टुंग्याए मन्त्रालयको भागबण्डा, मंगलबार मन्त्रीको सपथ

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा मन्त्रालय भागवण्डामा सहमति जुटाएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार राति अबेरसम्म बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । मन्त्रालयको भागबण्डा टुंगो लागेसँगै मंगलबार दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहण समारोहको आयोजना गरिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले बताए ।

त्यसअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

कुन पार्टीको भागमा कुन कुन मन्त्रालय लिने भन्ने विषयमा सहमति भए पनि दलका नेताहरुलाई त्यसको औपचारिक जानकारी दिएका छैनन् ।

बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई ५ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएको हो । माओवादी केन्द्र, रास्वपा र राप्रपाले भने एक एक राज्यमन्त्री पाउने सहमति भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)को भागमा दुई र जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ ।

स्रोतका अनुसार माओवादी र एमाले नेताहरु बनाएको खाकामा एमालेले ८ मन्त्रालयसँगै २ राज्यमन्त्री लिने भनिएको थियो तर राप्रपालाई २ र नागरिक उन्मुक्ति तथा लोकतान्त्रिक समाजवादी पार्टीलाई एक एक मन्त्रालय छुट्याइएको थियो । तर राप्रपाले २ मन्त्रीमा चित्त बुझाएन भने नागरिक उन्मुक्ति पार्टीले मागमुद्दा सम्बोधन नभएसम्म सरकारमा नआउने जवाफ दिएको छ ।

उच्चस्तरीय संयन्त्रमा भएको सहमतिअनुसार अब एमालेले राज्यमन्त्री पाउने छैन भने राप्रपाले ३ मन्त्रालय र एक राज्यमन्त्री पाउने छ । यससँगै लोसपा सरकारमा जाने सम्भावना भने छैन ।

मन्त्रालय भागवण्डा भइसकेको भएपनि सल्लाहमा हेरफेर हुनसक्ने भएकाले सार्वजनिक नगरिएको उपप्रधान तथा गृहमन्त्री लामिछानेले जानकारी दिए ।

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ २, २३: ३६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २, २३: ३६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २, २३: ३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...