
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा गत पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा थप १५ जना सदस्य थप भएका छन् ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका शीर्ष नेताबीचको सहमति पछि आज दिउँसो नयाँ मन्त्रीहरुलाई राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्दादेवी भण्डारीले पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरुको नाम एमाले, रास्वपा र राप्रपाका अध्यक्षहरुबाट लिइसकेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री दाहाललाई बुझाई सकेपछि उनीहरूलाइ सपथकाे लागि शितल निवास जान भनिएकाे थियाे ।
जसअनुसार एमालेले राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी डा.विमला राई पौडेललाई परराष्ट्र मन्त्रीमा, पर्वतबाट प्रत्यक्षमा निर्वाचित पदम गिरीलाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेकाे छ ।सुनसरी–३ बाट निर्वाचित भगवती चौधरी र सर्लाही ३ बाट निर्वाचित हरि उप्रेतिलाई मन्त्रीमा सपथ लिएका छ । उनीहरुको भने मन्त्रालयको टुंगो हालसम्म लागेको छैन ।
यसअघि एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री भइसकेको छन् भने राजेन्द्र राई, दामाेदर भण्डारी र ज्वालाकुमारी साहलाई मन्त्रालय नतोकेर मन्त्री बनाइएको थियो ।
नेकपा माओवादीले भने दाङ २ बाट निर्वाचित रेखा शर्मालाई संचार तथा सूचना प्रविधि मन्त्रीमा, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा र मोरङ ५ बाट निर्वाचित अमनलाल मोदीलाई सघिय मामिला सामान्य प्रशासन मन्त्री बनाइएकाे छ । शुशिला श्रीपाइलीलाइर् भाैतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाइएकाे छ । माओबादी केन्द्रबाट यसअघि उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई नियुक्त गरिसकिएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम मन्त्रालय, शिखिर खनाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा तथा तोसिमा कार्कीलाई –स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइएकाे छ । रास्वपाबाट यसअघि नै अध्यक्ष रबी लामिछाने उपप्रधानमन्त्रीसहित गृह मन्त्री भइसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बनेका छन् । पूर्वप्रहरी महानिरिक्षक ध्रुबबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन्र । दिपकबहादुर सिंहलाई भने उर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाइ विश्वासकाे मत दिने र सत्तारूढ घटक दलकाे बैठकमा सहभागी भएर सरकारकाे नीति तथा कार्यक्रम समेत निर्माण गर्न भूमिका खेलेकाे दल जनता समाजबादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट भने कसैलाइ पनि मन्त्री बनाइएकाे छैन् । जनमत पार्टीबाट भने यस अघि नै अब्दुल खान मन्त्री भइसकेका छन् । सरकारकारलाइ विश्वासकाे मत दिएकाे नेकपा एस र लाेसापाका कसैलाइ पनि मन्त्री बनाइएकाे छैन । संविधान अनुसार अव प्रधानमन्त्री दाहालले ३ जनालाइ मात्र मन्त्रीपरिषद्मा नियुक्त गर्न सक्छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...