अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाई पाए – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाई पाए


दमौली । तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ । एक बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई तनहुँ जिल्ला अदालतका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनीमाथि लगाइएको बलात्कारको दाबी नपुगेको भन्दै सफाइ दिएको हो ।

अदालतले शाहसँगै उनका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले बताए ।

यसअघि बालिकालाई बलात्कार गरेको अभियोगमा पललाई तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्धा दायर भएको थियो ।

उनलाई पूर्वी नवलपरासी जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाह र उनका म्यानेजर जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप पुष्टि नभएको आदेशमा जनाएका छन् ।

पूर्वी नवलपरासी जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

गत वर्ष २०७८ साल फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

 

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ ३, १९: ५३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ ३, १९: ५३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ माघ ३, १९: ५३

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...