एमालेका घिमिरे र कांग्रेसका केसी सभामुखको सम्भावित उम्मेदवार – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एमालेका घिमिरे र कांग्रेसका केसी सभामुखको सम्भावित उम्मेदवार


काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाको सभामुख पदको लागि सत्तारुढ नेकपा एमालेबाट देवराज घिमिरे र नेपाली कांग्रेसबाट अर्जुननरसिंह केसीले दाबी गरेका छन् ।

नेकपा एमाले प्रदेश नम्वर १ का इन्चार्ज समेत रहेका घिमिरे झापा क्षेत्र नम्वर २ बाट निर्वाचित भएका हुन भने कांग्रेसका पूर्वसहमहामन्त्री केसी नुवाकोट क्षेत्र नम्वर २ बाट निर्वाचत सांसद हुन् ।

संघीय संसद सचिवालयले निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ । प्रस्तावक र समर्थकसहित उम्मेदवारको प्रस्ताव दर्ता भएपछि ४ः१५ बजे संसद् सचिवालयले सबै उम्मेदवारको दर्ता क्रमानुसार सूची प्रकाशित गर्ने कार्यक्रम छ ।

सातदलीय सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकांक्षी थिए ।

कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन । सभामुखको निर्वाचनका विषयमा छलफल गर्न आज बिहान बसेको कांग्रेसको पदाधिकारी बैठकले समेत ठोस निर्णय गर्न सकेको छैन । बैठकले पार्टीकै उम्मेदवार बनाउने कि नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन ।

कांग्रेसमा केसी र पूर्वउपसभापति विमलेन्द्र निधीले सभामुखको उम्मेदवारका आकांक्षा देखाएका छन् । कांग्रेस पदाधिकारी बैठकले भने मंगलबार प्रधानमन्त्रीको स रकारी निवास वालुवाटारमा भएको सर्बदलिय वैठकको भावना बमोजिम सहमति भएमा कांग्रेसले सभामुखमा समर्थन गर्ने नत्र अन्य दलसँगको सहयोग लिएर उम्मेदवारी दिने योजना बनाएको छ ।

बिहीबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नुपर्नेछ । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ । छलफलपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दर्ता क्रमानुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

एउटा मात्रै मनोनयन परेमा निर्विरोध तथा दुई वा दुईभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्थामा हरेक सदस्यको मतविभाजनबाट निर्णय लिइन्छ पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्ने छ । बिहीबार सभामुख निर्वाचित गरेर सोही दिन शनिबारलाई उपसभामुखको निर्वाचन मिति तोक्ने तयारी प्रतिनिधिसभाको छ ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ ४, १३: १२

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ ४, १३: १२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ माघ ४, १३: १२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...