
काठमाडौँ । सत्तारुढ गठबन्धनमा आवद्ध जनमत पार्टीले पुष्प कमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई मन्त्रलय नपाए सरकारबाट वाहिरिने चेतावनी दिएको छ ।
प्रतिनिधि सभामा ६ सिट रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले एउटा मात्र मन्त्रालय दिएको, उद्योग वाणिज्य तथा आपूर्ती र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबीलाई अबमुल्यन गरेको भन्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्मको चेतावनी दिएको हो ।
जनमत पार्र्टीका अध्यक्ष सिके राउतले बुधबार प्रधानमन्त्री दाहालसँग आफ्नो माग पुरा नभए सरकारमा नरहने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने चेतावनी दिएको बालुवाटार स्रोतले जनायो ।
आफ्ना असन्तुष्टि राख्न पार्टी उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खानलाई लिएर प्रधानमन्त्री दाहाललाई भेट्न बुधबार दिउँसो बालुवाटार गएका जनमत पार्टी संसदीय दलको नेत समेत रहेका डा. सीके राउतले खानेपानी मन्त्रालय अस्वीकार्य रहेको बताएका थिए ।
दाहालले उद्योग र कृषि दुबै नेकपा एमालेले लिएको भन्दै थप एउटा मन्त्रालय लिन सकिने विषयमा सत्ता गठबन्धनसँग आफूले छलफल गर्ने बताएका थिए । राउतले पनि जनमत पार्टीलाई उद्योग र कृषि मन्त्रालयमा काम गरेर देखाउने पार्टीको योजनामा कुठाराघात भएको भन्दै प्रधामन्त्रीले राखेको बन तथा वातावरण मन्त्रालय पाएमा पार्टीले स्वीकार गर्न सक्ने जवाफ दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर जनमतले वन मन्त्रालय र खानेपानी मन्त्रालय दुवै पाउनु पर्ने अडान राखेको छ ।
उक्त पार्टीले आजै केन्द्रीय समिति बैठक बेलाएको छ । सो बैठकले सरकारले जनमत पार्र्टीले मागे अनुसारको मन्त्रालय नदिएको र एउटा मात्र खानेपानी मन्त्रालय पाएको अवस्थामा सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा निर्णय लिने भएको छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...