अभियुक्त पक्राउ गर्न विज्ञप्ति निकाल्न आदेश दिने गृहमन्त्रीको संसदमा आलोचना – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

अभियुक्त पक्राउ गर्न विज्ञप्ति निकाल्न आदेश दिने गृहमन्त्रीको संसदमा आलोचना


काठमाडौं । ज्यान मुद्धाको अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई गिरफ्तार गर्न विज्ञप्ति निकाल्न लगाउने गृहमन्त्री रबी लामिछानेको क्रियाकलापलाई लिएर प्रतिनिधिसभामा गम्भीर आपत्ति जनाइएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा नवनिर्वाचित सभामुख देवराज घिमिरेसँग समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अपराधि पक्राउ गर्न बिज्ञप्ति निकालेर गृहमन्त्रीले गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।

मधेश आन्दोलनको क्रममा घाईते भएका शसस्त्र प्रहरी हवल्दार थमन बिश्वकर्मालाई उपचारार्थ जलेश्वरबाट जनकपुर एम्बुलेन्समा लैजादै गर्दा थुतेर कुटपीट गरी हत्या गरेको अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेले शुक्रबार राति मन्त्रालयका सहसचिवलाई आदेश दिएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरीलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेले पटक पटक मौखिक आदेश दिए पनि अभियुक्त पक्राउ नपरेकोले मन्त्रालयले लिखित रुपमा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको जनाएका थिए ।

उपसभामुख चयनको लागि शुरु भएको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रालय अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकाल्ने र प्रहरीले नेटेर्ने कसरी भयो भन्दै गृहमन्त्रीको जवाफका लागि सभामुखसँग रुलिगको माग गरेका थिए ।

सांसद खतिवडाले सुरक्षा जस्तो सवंवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिमार्फत अपराधी खोज्नुले देशको गृहमन्त्रलाई प्रहरीले टेर्न छोडेको हो ? भनी प्रश्न गरे । उनले जनतालाई ढाँट्नको लागि यस्तो परम्पराको शुरुवात भएको भन्दै गृहमन्त्रीको आदेशको प्रहरीले नटेर्ने र पक्राउको सूचना सार्वजनिक गर्ने हो भने अभियुक्त पक्राउ पर्न नसक्ने बताए ।

उनले गृमन्त्रीले अपराधी चिनाइदिने कि, अपराधी पक्राउ गर्ने ?’ भनी प्रश्न गरे ।

सदनम आफूप्रति गम्भीर प्रश्न आएपछि गृहमन्त्री लामिछानेले नेकपा एमालेका ‘फरार’ सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै पक्राउ गर्ने बताए ।
उपसभामुखको निर्वाचन सकिएसँगै संसद बैठकबाट वाहिरिएका गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताए । सत्तारुढ दलको सांसदलाई कसरी पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला ।’

महात्तरी क्षेत्र नम्वर १ बाट निर्वाचित कोइरीले गत पुस २६ गते प्रतिनिधिसभामा भएको प्रधानमन्त्री निर्वाचनको क्रममा संसद बैठकमै उपस्थित भएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारलाई सदनको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

संसदमा उपस्थित भएका अभियुक्तलाई गृहमन्त्रीले पक्राउ नगरेको भन्दै विहीबार पनि सदनमा प्रश्न उठेको थियो ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ ७, २२: ४२

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ ७, २२: ४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ माघ ७, २२: ४२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...