प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल, अरु क–कसले पाए नियुक्ति? – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल, अरु क–कसले पाए नियुक्ति?


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको करिव एक महिनापछि प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेललाई नियूक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेललाई प्रधानमन्त्री प्रचण्डले सोमबार प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको गजुरेलले जनाएका छन् । आजै प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मिनबहादुर श्रेष्ठलाई नियुक्त गरेका थिए ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालय सदस्य र प्रेस हेर्ने गरी ७ जनालाई नियुक्त गरिसकेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फ नवराज ढुङ्गाना र स्वकीय सह–सचिवमा गोकर्ण भट्टलाई नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सिना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री दाहालले कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा भने कसैलाई नियुक्त गरेका छैनन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ ९, १५: २३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ ९, १५: २३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ ९, १५: २३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...