
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेले गत माघ ६ गते सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबहादुर कबारीसहित ४२ जनाको सरुवा गरे ।
गृहमन्त्रीको सहमतिमा गृह मन्त्रालयले गरेको सो निर्णयलाई भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उल्टाई दिएका छन् ।
सिरहाका सिडिओ कबारी प्रधानमन्त्री दाहालको राजनीतिक गृह जिल्ला तथा उपप्रधानमन्त्री नारायणकाजी श्रैष्ठको गृह जिल्ला हो ।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री श्रेष्ठसँग सहमति नलिइ गरेको सरुवाको असर एक मात्र मुश्लिम समुदायका सिडिओ कबारीमाथि परेको छ ।
कबारीसँगै सरुवा भएका अधिकांस सिडिओ सरुवाको निर्णयसँगै रमाना लिएर सरुवा भएको जिल्लामा हाँजिर हुन थालिसके । तर कबारी भने गृहमन्त्रालयमा तानिएका छन् ।
गृह प्रशासनका पुराना कर्मचारी कबारी गोरखा जानलाई काठमाडौं आएकै बेला बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर गर्न दबाब दिइएको थियो ।
उनको सरुवा प्रधानमन्त्रीको दबाबमा रद्ध गरिएको स्रोतले बतायो । गोरखा जान तयार भएका कबारी यतिवेला मन्त्रालयमा हाजिर भएका छन् ।
गोरखामा यसअघिका सिडिओ र सहायक सिडिओ दुबैको सरुवा भइसकेको छ । गोरखामा अहिले जिल्ला कारागार प्रमुख गणेश भट्टराईले निमित्त सीडीओको जिम्मेवारी दिइएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार मात्र प्रतिनिजधि सभाको बैठकमा बोल्दै आफ्ना जिल्लामा ‘आफ्ना मान्छे पठाउन सिफारिस नगर्न’ आग्रह समेत गरेका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...