
काठमाडौं । संसद भवन नयाँ वानेश्वरको मूल सडकमा गत मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई कृषि शहीद घोषणा नगरे उनको शव नउठाउने परिवारले जनाएको छ ।
परिवारको तर्फबाट बिहीबार गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाईएको १० बुँदे माग पत्रमा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने माग गरिएको छ ।
१० बुँदे माग पूरा नभएसम्म आचार्यको शव नउठाउने र अन्त्येष्टि समेत नगर्ने परिवारको अडान छ ।
माग पत्रमा आचार्यले आत्मदाह गर्नुअघि राखेका २५ बुँदे सझाव र मागहरुको संवोधन गर्नु पर्ने, आचार्यले लिएको सबै कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनु पर्ने भन्दै आचार्यको आत्मदाहको घटनालाई ‘बानेश्वरस्थिति भएको कृषि युवा व्यवसायीको बिद्रोह स्वरुप गरेको आत्मदाह’ भनिएको छ ।
आचार्यले गत मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार बिहान निधन भएको थियो ।
यस्तो छ १० बुँदे माग पत्र –

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...