संविधान विपरित सूचना वर्गिकरण गरेकोमा प्रेस युनियनको आपत्ति – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

संविधान विपरित सूचना वर्गिकरण गरेकोमा प्रेस युनियनको आपत्ति

काठमाडौं । सरकारले सूचनाको वर्गिकरणको नाममा सार्वजनिक निकायका सूचनाहरु पनि आम सर्वसाधरणको पहुँच नहुने गरी कानूनमा संशोधन गर्न लागेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

शासन प्रणालीलाई पारदर्शी र जनताप्रति जवाफदेही बनाउँदै सुशासन प्रवद्र्धन गर्न संविधानले हरेक नागरिकलाई सूचनाको हक मौलिक हकका रुपमा प्रदान गरेको भन्दै युनियनले संविधानको मर्म र भावना बमोजिमको सूचनाको हकसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्ने सरकारको तयारी प्रति युनियनले आपत्ति जनाएको हो ।

नेपाल प्रेस युनियका अध्यक्ष शिव लम्सालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले ८७ वटा बुँदामा सैद्धान्तिक विषयमात्र उल्लेख गरेर सूचनाको वर्गिकरण गरी संविधानले नागरिकलाई प्रदान गरेको अधिकारलाई पूर्णरुपमा संकुचित गर्ने बदनियत राखेको भन्दै आपत्ति जनाएका हुन् ।
‘देश र जनातालाई हानी पुग्ने अपवादका पाँच प्र्रकारका सूचनालाई अधिकतम ३० वर्ष सम्म संरक्षण गरेर राख्न कानुनमा वर्गिकरण गरिएको तर तिबाहेकका नागरिकले पाउँनै पर्ने सूचना समेत वर्गिकरणमा पारेर नागरिकको अधिकार कुण्ठीत गर्ने सरकारको कुत्सीत मनशायप्रति युनियन घोर आपत्ति प्रकट गर्दछ’, लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

युनियनले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को (३)मा रहेको सूचना संरक्षणको व्यवस्थालाई निश्तेज गरेर हरेक विषय गोप्य राख्ने मनशाययुक्त सरकारी निर्णय निन्दनीय रहेको जनाएको छ ।

‘गोपनीयताको हकको नाममा सार्वजनीक पदमा बसेका सबै पदाधिकारीको निजी विषयलाई गोप्य राख्नेगरी गरिएको सूचना वर्गिकरणको उक्त निर्णयले सार्वजनीक पदमा बहावालाहरुको भ्रष्टाचार, वेथिती र अनियमिततालाई ढाकछोप गर्ने र बढावा दिने हाम्रो निश्कर्ष छ’ युनियले भनेको छ, ‘जनताको करबाट तलव सुविधा खाइपाइ आएका त्यस्ता व्यक्तिको कतिपय निजी विषय पनि जनताको चासो र सरोकारको विषय भएकाले नागरिकको यो अधिकारमाथि प्रहार गरेर राज्यका हरेक निकायमा पदासिनहरुलाई भ्रष्टाचार गर्न प्रेरित गर्छ भन्ने हाम्रो ठहर छ ।’

युनियनले संविधान र कानुनको व्यवस्था मर्म र भावना विपरित गरिएको सूचनाको वर्गिकरणको यस्तो निर्णय खेदजनक र लोकतन्त्रिक व्यवस्थामा अस्वीकार्य र लज्जाको विषय भएको ठहर गरेको छ । सो ऐनलाई संशोधन गर्ने गरी भएको तयारी रोक्न माग गर्दै युनियनले सूचनाको नयाँ वर्गिकरण गर्न हामी जोडदार माग गरेको छ ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ माघ १६, १७: ४६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ १६, १७: ४६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ १६, १७: ४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...