सांसद शाहीले ढाँटेको भन्दै नाराबाजी गर्ने राप्रपा नेपालका उपाध्यक्ष तामाङ पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

सांसद शाहीले ढाँटेको भन्दै नाराबाजी गर्ने राप्रपा नेपालका उपाध्यक्ष तामाङ पक्राउ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई प्रहरीले सिंहदरबार दक्षिण गेटबाट पक्राउ गरेको छ ।

सिंहदरबारस्थित दक्षिण गेटबाट उनलाई पक्राउ गरि प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध दक्षिण गेटमा उनले नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तामाङले आफूलाई विगत दुई सातादेखि भेट्छु भन्दै झुक्याउने जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित राप्रपाका शाही झुक्याएको दाबी गरेका छन् । उनले शाहीलाई बुझाउनको लागि ल्याएको भ्रष्टाचार सम्बन्धी उजुरीको फायल समेत दक्षिण गेटमै च्यातेर फालेका छन् ।

आफूलाई भेट्ने भन्दै सांसद शाहीले मंगलबार सिंहदरबार बोलाएको तर सिंहदरबार गेटमा आएपछि मोबाईल स्विट्च अफ गरेको तामाङको गुनासो थियो ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ १७, १५: २३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ १७, १५: २३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ १७, १५: २३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...