राप्रपाका मन्त्रीको अभिव्यक्तिप्रति रघुजी र शक्तिको आपत्ति, धवलले गरे प्रतिवाद – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

राप्रपाका मन्त्रीको अभिव्यक्तिप्रति रघुजी र शक्तिको आपत्ति, धवलले गरे प्रतिवाद

काठमाडौं । संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बिरुद्ध सत्ता गठवन्धनमा आवद्ध दलका मन्त्रीहरुले नै अभिव्यक्ति दिएको भन्दै सत्तारुढ एमालेका नेता रघुजी पन्त र माओबादी केन्द्रका शक्ति बस्नेतले आपत्ति जनाएका छन् ।

एमाले सांसद पन्त र माओबादी केन्द्रका सांसद शक्ति बस्नेतले बुधबार प्रतिनिधिसभाको बैठकमा राप्रपाबाट मन्त्री भएका कानूनमन्त्री ध्रुवबहादुर प्रधान र शहरी विकास मन्त्री विक्रम पाण्डेले संविधानको मूल मर्म र भावना विपरित धारणा राखेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा सांसदहरु पन्त र बस्नेतले आफ्नो दलबाट मन्त्री भएकाहरु प्रति आलोचना गरेपछि राप्रपा महामन्त्री समेत रहेका सांसद धवल शम्शेर जबराले भने प्रतिवाद गर्दै हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता भएको बताए ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिनुलाई राम्रो संकेत नभएको जनाए । उनले कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराए पनि केही दिनपछि शहरी विकासमन्त्री विक्रम पाण्डेको सोही बमोजिमको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाए ।
सांसद पन्तले संविधानको आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझिनुलाई मुलुकको लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताए ।

‘धर्मको नाममा राजनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेशमा शान्ति भएन । यस्तो जान्दा जान्दै संविधानको मार्गनिर्देश विपरित अभिव्यक्ति दिनु शुभ संकेत होइन,’ पन्तले भने ।

मन्त्री भएर क्याबिनेटमा राय बझाउन थालेमा देशलाई गलत बोटोमा यसले लैजाने भन्दै उनले एमाले सांसद पन्तले भने, ‘राप्रपाको आफ्नो विचार जे हुन सक्छ, दल र सांसदले आफ्ना कुरा भन्न सक्छन तर मन्त्री भएर यसरी संविधानको बर्खिलापमा बोल्नु संविधान विपरीत हो।’

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताए । उनले यस्तो गल्ती आगामी दिन नदोहोर्याउन आग्रह गरे ।

राप्रपा महामन्त्री समेत रहेका जबराले आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै यो संविधानले आफूहरुलाई बोल्न बन्देज नलगाएको बताए । उनले यसको अर्थ आफूहरुले संविधान र व्यवस्थालाई नमान्ने पक्षमा भने नभएको बताए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ १८, १८: ०५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ १८, १८: ०५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ १८, १८: ०५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...