
बीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा प्रवेश गरी जरायो मारेको घटनामा संलग्न रहेको कसुरमा दुई जना प्रदेशसभा सदस्य, एक जना गाउँपालिका अध्यक्षसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जरायो मारेको सवुद प्रमाण्सहित पक्राउ परेका र उनीहरुको बयानका आधार अप्रत्यक्ष रुपमा संलग्न आरोपीहरुसँग बयान लिएर ४५ दिनसम्म अनुसन्धान गरी निकुञ्जले मुद्दा दर्ता गरेको हो ।
अभियुक्त मध्ये १५ जना पक्राउ परेको र ३४ जना फरार रहेको निकुञ्ज प्रशासनले जनाएको छ । मधेस प्रदेश सभा सदस्य प्रमोद कुमार जयसवाल, बागमती प्रदेशसभा सदस्य श्याम बहादुर खड्का, सखुवाप्रसौनी गाउँपालिकाको पूर्वअध्यक्ष प्रदीपकुमार जयसवाल लगायतको संलग्नता देखिएको छ । तर उनीहरुलाई पक्राउ गरिएको छैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ऐन अनुसार उनीहरुको संलग्नताको आधारमा माग दावी सहित अनुसन्धान अधिकारीले निकुञ्ज कार्यालयमा माघ १७ गते मुद्दा दायर गरेको थियो ।
गत पुस ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रमा निकुञ्ज प्रवेश गरी वन्यजन्तुको शिकार गर्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका थिए । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना सहितको टोलीले झापस दास थारू, नवराज बस्नेत, दामोदर अधिकारी, म्लाङदोङ तामाङ र विशाल सहनीलाई पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा सुलन मिया अंसारी, भोला बहादुर पुनमगर समेतलाई पक्राउ गरी थुनामा राखेर सोधपुछ गरिएको थियो ।
घटना स्थलबाट बरामद भएका प्रमाण, उनीहरुले दिएको बयान, घटना विवरण कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदन, विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरको रिपोर्टका आधारमा जिल्ला सरकारी वकिल कार्यालय पर्साले ४९ जनालाई प्रतिवादी बनाउन माघ १६ गते राय दिएको थियो ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...