बाबु–छोरीको पुरानो बानेश्वरमा शंकास्पद मृत्यु : बाबुको शव झुण्डिएको अवस्थामा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper
प्रहरीले भेट्यो ‘सुसाईड नोट’

बाबु–छोरीको पुरानो बानेश्वरमा शंकास्पद मृत्यु : बाबुको शव झुण्डिएको अवस्थामा


काठमाडौं । राजधानीको पुरानो बानेश्वरमा शनिबार साँझ बाबु –छोरी मृत अवस्थामा भेटिएका छन् । रामेछाप स्थायी घर भएका ४२ वर्षे किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको छ । बुबा किशोर भण्डारी भने झुण्डिएको अवस्थामा फेला परेका थिए ।

बाबुले ७ बर्षे छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीका अनुसन्धान अधिकृतहरुले गरेका छन् । शारीरिक अशक्त छोरी र बुबा मात्र घरमा रहेको बेला दुबै जना मृत भेटिनु र परिवारका वाँकी दुई सदस्य बाहिर हुनुलाई शंकास्पद मानिएको छ ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोर फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो । त्यसक्रममा घटना शनिबार अपराह्न ३ वा ४ बजेतिरको हुनसक्ने आशंका गरिएको छ । घरमा चार जनाको परिवार बस्दै आएका थिए ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २२, १४: ४७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २२, १४: ४७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ माघ २२, १४: ४७

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...