
काठमाडौं। कमल थापा अध्यक्ष भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सो पार्टीका पूर्वअध्यक्ष लाक्पा तामाङसहित पार्टीका एक दर्जन नेताहरु रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले आइतबार राजनीतिमा एक कार्यक्रम गरी तामाङसहित नेकपा (माओवादी समाजवादी समाज) का केन्द्रीय सदस्य रमेश महतेसहित पार्टी प्रवेश गरेका हुन् ।
आजको कार्यक्रममा राप्रपा नेपालका संस्थापक समूहका नेताहरु लाम्पा तमाङ, पासाङ शेर्पा, तेजबहादुर भुजेल, रामदास गोपाली, समिरा तमाङ, कृष्ण भण्डारी, राजेश्वरदास श्रेष्ठ, राजु नापित, सुरेश योञ्जन, इनउ प्रकाश चौधरी, समीर लिङ्देनलगायत छन् ।
नवप्रवेशीलाई नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा चौधरीले नागरिक उन्मुक्ति पार्टीले १३ महिनाको अवधिमा अधिकार र पहिचानको कुरालाई केन्दविन्दुमा राखेर एउटा मियो बनेर देशभरबाट पार्टी प्रवेशको लहर चलिरहेको बताए ।
पार्टी र पार्टीका नेताहरुमाथि पटक–पटक आक्रमणको प्रयास भएको दाबी गर्दै उनले सांसद अरुण चौधरीलाई फिर्ता भएको मुद्दामा राज्यले फेरि समातेको आरोप लगाए । सांसद अरुण चौधरीसहित अन्यलाई राज्यले तत्काल रिहाइ नगरे आन्दोलन छेड्ने उनको चेतावनी थियो ।

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...