
चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संचार क्षेत्र र न्यायापालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले संसदमा बाेल्दै न्यायालयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले संचार क्षेत्रमाथि लगाएको आरोप र धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले सोमबार यस्तो धारणा राखेका हुन् ।
‘स्वतन्त्र न्यायपालिका र संचार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्विकार्य हुँदैन्’,नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा कोइरालाले भने ।
डा. कोइरालाले चितवनको जिल्लाको क्षेत्र नं२मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...