
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा चिनिएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौंको सुन्दरीजलसम्म ल्याएको पानीलाई प्रशोधन गरी उपत्यकाका १० ठाउँमा भण्डारण गर्न निर्माण भएका १० वटा पानीपोखरीको सफल परिक्षणसँगै हस्तान्तरण भएको छ ।
केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले प्रतिदिन २२ करोड लिटर पानी भण्डार क्षमता भएका ति १० वटा पानी पोखरीहरु काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । ति पानी पोखरीहरुको संचालनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिएको निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले बताए ।
निर्देशनालयमा सोमबार पत्रकार सम्मेलन गरी निर्देशक सापकोटाले कूल ७४ हजार पाँच सय घन मिटर क्षमताका ति पानी पोखरीहरुसम्म सुन्दरीजलबाट मेलम्चीको समेत पानी ल्याइएको बताए ।
निर्देशनालयले हालसम्म खानेपानी वितरणको लागि एक हजार १० किलोमिटर पाईपलाईन विछ्याउने काम सम्पन्न गरेको, करिव ५ सय ५० किलोमिटर पाईपलाइइनको परिक्षण (एसआरटी) कार्य सम्पन्न भएको, दुईसय ७० किलोमिटर नयाँ पाईपलाईन मर्मत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दोश्रो चरणमा आठ सय किलोमिटर नयाँ पाईपलाईन बिछ्याउने कार्य नेपाल सरकारले आफ्नै श्रोतबाट चक्रपथ भित्रको स्वयम्भु, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथवाहिर मण्डिखाटार, कपन, चावहिल, बौद्धमा भइरहेको पत्रकार सम्मेलनमा जनाइयो ।
निर्देशनालयले एसियाली विकास बैंकको प्रस्तावित ऋण सहयोगमा दोश्रो काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना संचालन गर्न सहमति भएको र त्यसका लागि भक्तपुर, मध्यपुर, किर्तीपुर, पेप्सीकोला, गोकर्ण र बौद्ध लगायतको क्षेत्रमा सात सय ७० किलोमिटर पाईपलाईन बिछ्याउन खरिव सम्वन्धि बोलपत्र गर्न लागिएको निर्देशक सापकोटाले बताए ।
आयोजनाले सडकमा ढल निर्माण, सडक निर्माण, विद्युतलाईन र टेलिफोन वितरण प्रणाली भूमिगत गर्ने क्रममा खानेपानीको नयाँ पाईपमा क्षति पुगेको आयोजनाले जनाएको छ । क्षति भएका पाईपलाईनको मर्मत र सम्भार भने गर्न वाँकी रुहेको छ ।
सो अवसरमा खानेपानी वितरणको लागि पाईप बिछ्याउने क्रममा खनिएका सडकको मर्मत सुधारको ठेक्का पाएको भारतको हैदरबादस्थित सीआईपीइएलले काम नगरेपछि ठेक्का रद्ध गरी कम्पनीको पर्फमेन्स सेक्युरिटि वापतको ११ करोड ६२ लाख र ठेक्का संचालनको लागि लिएको पेश्की १० करोड रुपैयाँ फिर्ता लिएको जनाइयो ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...