कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

कांग्रेसका पूर्वसांसद कर्मा घलेको मृत्यु

 

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद कर्मा घलेको मंगलबार (आज) निधन भएको छ ।

महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो । ५९ वर्षीय घलेको मृत्यु भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । घले उपचारका लागि भारत समेत गएका थिए ।

मनाङका घले २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फबाट सांसद निर्वाचित भएका थिए । कांग्रेसमा महासमिति सदस्य समेत रहेका घले सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा सक्रिय थिए ।

विश्वभर फैलिएको कोभिड १९ महामारीको समयमा घलेले नेपाल सरकारलाई करिब सवा करोड बराबरको सेनिटाईजर सहयोग उपलब्ध गराएका थिए । नेता घलेको निधनले नेपाली कांग्रेस एवम् सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको कांग्रेसका प्रमुख सचेतक लेखकले प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २४, १७: ५८

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २४, १७: ५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ माघ २४, १७: ५८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...