
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलको सरकार ढलेको छ ।
नेकपा एमालेबाट समानुपातिक सांसद भएका रावलले विहीबार सरकारको पक्षमा बहुमत रहेको भन्ने देखाउन सदनमा पेश भएको विश्वासको मत फेल भएपछि प्रदेश सरकार ढलेको हो ।
सदनमा प्रस्ताव निर्णयार्थ पेश गर्दा नागरिक उन्मुक्ति पार्टीले बैठक बहिस्कार गरेको थियो । सविधान अनुसार मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिनु पर्ने प्रयोजनका लागि मुख्यमन्त्री रावलले सदनसमक्ष पेश गरेको प्रस्ताव सभामुखले निर्णयार्य पेश गर्दा बहुमतले अश्विकार गरेको हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलसँग २१ मत रहेको छ । यो प्रदेशमा माओबादी केन्द्रका १०, नेकपा एमालेका १० र राप्रपाका १ प्रदेश सदस्य छन् । विश्वासको मत पाउन मुख्यमन्त्रीको प्रस्तावको पक्षमा २७ मत आवश्यक थियो ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । उसको ७ मत प्रस्तावको पक्षमा भए मात्र मुख्य मन्त्रीले विश्वासको मत पाउने थिए । नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावलको पक्षमा भोट नदिने निर्णय गरिसकेको थियो ।
प्रदेश सभामा नेपाली कांग्रेसका १९ जना, नेकपा एसका चार जना र स्वतन्त्र एक जना सांसद प्रस्तावको विपक्षमा थिए । माओबादीले यो प्रदेशमा ११ सिट जिते सभामुख माओबादीबाटै निर्वाचित हुन् ।
एमालेका समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका रावललाई गत पुस २७ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो । रावल मुख्यमन्त्री बन्न प्रदेश प्रमुख समक्ष निवेदन दिँदा नागरिक उन्मुक्ति पार्टीका ७ सहित २९ सांसदको समर्थन थियो ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...