
धनगढी । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेताको हैसियतमा विहीबार नै मुख्यमन्त्रीमा नियुक्त कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् ।
नेकपा माआबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको सहायोगमा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नियुक्त नेकपा एकालेका प्रदेश सभा सदस्य राजेन्द्र सिंह रावल नेतृत्वको सरकार विश्वासको मत पाउन नसकि ढले पछि बिहीबार नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा शाहलाई नियुक्त गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार ३ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । साथै उनले मन्त्रिमण्डल विस्तारको तयारी समेत गरेका छन् ।
जसको लागि उनको सत्ता साझेदार दल तथा प्रदेशसभा सदस्यबीच संवाद चलिरहेको छ । कांग्रेसको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई हालसम्म एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीको समर्थन छ ।
मन्त्रिमण्डल विस्तारका लागि कांग्रेस संसदीय दलको बैठक दिउँसो बसिरेहेको छ । कैलाली निर्वाचन क्षेत्र नम्वर २ को ‘क’बाट प्रत्यक्षमा निर्वाचित शाहले पहिलो चरणमा ३ देखि ५ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्न सक्ने छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेताको दाबी गरेका अछामबाट निर्वाचित प्रदेस सभा सदस्य मेघराज खड्काको पनि मन्त्री हुने सम्भावना छ । उनी कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत हुन् । त्यस्तै, कांग्रेसभित्र प्रकाश देउवाको चर्चा पनि उत्तिकै छ ।
त्यस्तै, एकीकृत समाजवादीबाट पनि मन्त्री थपिने भएका छन् । नेकपा एकीकृत समाजवादीभित्र संसदीय दलका नेता दीर्घ सोडारी, प्रकाश रावल र बाजुराबाट निर्वाचित नरेशकुमार शाहीमध्ये एकलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ ।
सोडारी र रावल मन्त्री भइसकेकाले शाहीको सम्भावना बलियो रहेको बताइएको छ । त्यस्तै, डडेलधुराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीलाई पनि मन्त्री मण्डलमा समावेश गराउने छलफल चलिरहेको छ ।
अघिल्लो सरकारमा सहभागी भएको माअोवादी केन्द्रलाई समेत सरकारमा ल्याउने छलफल भइरहेको छ । माओवादी सरकारमा आए विश्वासको मत पाउन सजिलो हुने कांग्रेसका प्रदेशसभा सदस्यहरुको दाबी छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...