
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले ‘अनुचित लाभ लिने उद्देश्यले गरेको संवाद’ सार्वजनिक भए पछि निलम्वित भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले कुराकानी गरेको पाइएपछि निलम्बन गरेको जनाएको हो ।
निलम्बनमा परेका ठाकुरसँग थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध समेत गरेको छ ।
महाप्रवन्धक ठाकुरले अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारी पाएर काम गरेको २ वर्ष वितिसक्दा पनि सुधारको लागि उल्लेखय काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतिसमेत ठाकुरको क्रियाकलापबाट सन्तष्ट थिएनन् ।
मन्त्री किराँतिले ठाकुरलाई निलम्वन गरेर मात्र नपुग्ने भन्दै अख्तियारलाई समेत सो विषयमा थप अनुसन्धान गर्न अनुरोध गरी पठाएको मन्त्रालय स्रोतले जनायो । माघ ३ गते मन्त्री भएपछि विमानस्थलकाे भाैतिक सुधार नहुँदा यात्रु स्केलेटरमा फस्ने गरेकाे र शाैचालय फाेहाेर भएकाे भन्दै मन्त्री किराँतिले ध्यानाकर्षण गराएका थिए ।
गत माघ ९ गते विमानस्थलकाे आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित गिरफ्तार गरेर थुनामा राखेका छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...