
काठमाडौं । भारतका विदेश सचिव तथा नेपालका लागि भारतका पूर्व राजदूत विनयमोहन क्वात्रा आगामी फागुन १ देखि ३ गतेसम्म नेपालको भ्रमणमा आउने भएका छन् । नेपाली समकक्षी परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउने भएका हुन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एक्साथ भ्रमण मिति घोषणा गरेका छन् । विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुनेछ’ भारतीय विदेश मन्त्रालयले भनेको छ।
विदेश मन्त्रालयले भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको जनाएको छ । यसैबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले काठमाडौंमा जारी गरेको वक्तब्यमा नेपाल र भारत कनेक्टिभिटी, विद्युत व्यापार, कृषि, स्वास्थ्य, र संस्कृति लगायत विषयमा छलफल हुने उल्लेख छ।
काठमाडौं : आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी भू–भागका धेरै...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ देखि लागू हुनेगरी पेट्रोल, डिजेल,...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा...