सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए सपथ – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper
कांग्रेसका देउवा भौतिक र एकीकृत समाजबादीका शाही भए आर्थिक मामला मन्त्री

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए सपथ


धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देबराज जोशीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेको छन् । शाहलृे ५३ सदस्यीय प्रदेश सभामा १९ सांसद रहेको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैयसयतले मुख्यमन्त्री दाबी गरेका थिए ।

मुख्यमन्त्री शाहसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गर्दा नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश देउवा कैलाली क्षेत्र नं. ५ (ख)बाट निर्वाचित भएका हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन् ।

एमालेबाट एक महिनाअघि मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले पद सम्हालेको १ महिना भित्र विश्वासको मत लिनु पर्ने व्यवस्था बमोजिम विहीबार भएको विस्वासको प्रस्ताव बहुमतले अश्विकृत भएको थियो । ५३ सदस्यीय प्रदेश सभाबाट आफ्नो प्रस्ताव फेल भए पछि रावलले विहीबार साँझ नै प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजिनामा पेश गरेका थिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ २७, १६: ३९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ २७, १६: ३९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ २७, १६: ३९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...